तीन पाङ्ग्रे सवारी दर्ता गर्न छुट्टै निर्देशन

तीन पाङ्ग्रे सवारी दर्ता गर्न छुट्टै निर्देशन

बागलुङ नगरपालिकाले तीन पाङ्ग्रे सवारी साधन दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेकोे छ । नगरपालिकाले कानूनबमोजिम दर्ता गरेर मात्र त्यस्ता सवारी साधन सञ्चालन गर्न निर्देशन दिएको छ । 

आगामी २१ दिनभित्र सवारी दर्ता तथा रुट परमिट लिन जानकारी गराइएको छ । ‘कानुनबमोजिम दर्ता भई सञ्चालनमा आएका र दर्ता हुन बाँकी रहेका तीन पाङग्रे सवारी साधन धनीहरुले यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र यस कार्यालयमा आवश्यक कागजपत्रसहित सवारी साधन दर्ता सिफारिस र रुट परमिट इजाजतका लागि निवेदन दिनुहुन’, सूचनामा उल्लेख छ । 

सवारी दर्ता र रुट परमिट लिन आफ्नो व्यक्तिगत विवरण खुलेको विवरण, सवारी खरिद गरेको मिति र बिललगायत कागजात आवश्यक रहेको बताइएको छ ।

टिप्पणीहरू