शिक्षक सरुवामा केन्द्रको रोक

शिक्षक सरुवामा केन्द्रको रोक

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवामा रोक लगाएको छ । केन्द्रले रिक्त दरबन्दीमा कुनै पनि किसिमबाट सरुवा गरी स्थायी शिक्षक पदपूर्ति नगर्न–नगराउन भनेको हो ।

केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई पत्राचार गर्दै सरुवा गरी शिक्षक पदपूर्ति नगर्न र सरुवाको सहमतिसमेत प्रदान नगर्न आग्रह गरेको छ । 

त्यस्तै, खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेको पनि केन्द्रले जानकारी गराएको छ ।

विज्ञापनका पठाइएको रिक्त दरबन्दीमा स्थायी शिक्षक पदपूर्ति गरी शिक्षा सेवा आयोगबाट सिफारिस भई आएका स्थायी शिक्षक पदस्थापनमा असर पर्न गएमा सोको जिम्मेवार सम्बन्धित इकाई र पालिका हुने सचेतसमेत गराइएको छ ।

टिप्पणीहरू