आफैँलाई जोगाउने कि अभिभावकलाई डोर्याउने ?

आफैँलाई जोगाउने कि अभिभावकलाई डोर्याउने ?

सडक किनारमा बुबा, आमालाई डोर्याउँदै एक नाबालिका अघि लाग्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

टन्टलापुर घामले बाहिरी शरीरलाई न्यानो दिए पनि आँखाको ज्योति गुमाएका ती बुबा, आमाको अँध्यारोपनलाई यी कलिलो उमेरकी बालिकाले थोरै उज्यालोपन दिँदै डोर्याइहेकी छन् ।

आफ्नो कम्मरमा सल बाँध्दै जन्म दिने आमालाई हातमा सल दिएर हिँडाएकी यी नाबालिकाको तस्बिरले जोसुकैको मन,मुटु छुन्छ । अर्कोतर्फ,दुःखी र दृष्टिविहीनको निम्ति भनेर खुलेका गैरसरकारी संस्था र तिनका अभियन्तालाई भने यो अवस्थाले गिज्याइरहेकको छ ।

टिप्पणीहरू