परिणाम सन्तोषजनक नआएसङ्गै एमाले नेताहरु बालकोटमा
गत मंसिर चारको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा हिमाली जिल्ला रसुवाबाट नेकपा एमाले क्लिन स्विप भयो ।
एक वटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको रसुवामा सत्ता गठबन्धनले बाजी मारेको हो ।
सूर्यचन्द्र कन्स्ट्रक्सनका मालिक जनार्दन ढकालले मैदान छाडिँदिँदा काँग्रेसका मोहन आचार्य विजयी भए । नेपाली कांग्रेसका आचार्य झण्डै दोब्बर मतान्तरले विजयी भइसकेका छन् ।
एमालेबाट टिकटका प्रवल दावेदार जनार्दन ढकालले मैदान छाडेर छोवाङ तामाङ्गलाई उठाइदिँदा ठेकेदार मोहन आचार्यलाई जित निकाल्न सहज भएको थियो ।
मैदानमा जनार्दन उत्रिएको भए जित निकाल्न मोहनलाई निकै कठिन हुने स्थिति हुन्थ्यो । तर ठेक्कापट्टामा (जेडी) ज्वाइन्ट भेञ्चर गर्ने सम्झौता भए पनि मोहनका लागि जनार्दनले मैदान छाडिदिएको एमाले वृत्तमा चर्चा छ ।
आचार्यले १८ हजार २३५ मतसहित जित निकाल्दा एमालेले ८ हजार ६१४ मतमा चित्त बुझाउनु परेको थियो । प्रदेश सभातर्फ कांग्रेसका प्रभात तामाङ र माओवादीका इन्द्रप्रसाद गोतामेले जित हासिल गरेर रसुवाबाट एमाले बढारिएको छ ।
तर बा को चाकडीमा व्यस्त र मस्त रहने रसुवा एमालेको एउटा टोली हिजो बिहानै बालकोट पुगेर मंसिर ४ को निर्वाचनमा राम्रो मत ल्याएको भन्दै अध्यक्ष ओलीलाई बधाइ ज्ञापन गरेको छ ।
यस्तै अघिल्लो पटकको निर्वाचनमा भन्दा यस पटक एमालेले प्रत्यक्षतर्फ ४३ सिट गुमाएको अवस्था छ । ०७४ को निर्वाचनमा एमालेले प्रत्यक्षमा मात्र ८० सिट जित निकालेकोमा यसपटक ४४ मा खुम्चिने देखिन्छ ।
जिल्लामै पूर्ण रुपमा बढारिएको नेकपा एमालेका संविधानसभा सदस्य जनार्दन ढकाल,अशोक घिमिरे,कर्णेल लामा,सुरेश अधिकारीको टोली अध्यक्ष ओलीलाई बधाइ ज्ञापन गर्न बालकोट पुगेको हो ।
ओलीलाई बधाइ दिन युवा संघ उपाध्यक्ष क्रान्ति बुर्लाकोटीहरु पनि सोही समयमा बालकोट पुगेका थिए ।
टिप्पणीहरू