परराष्ट्रमा सुवेदीत्रयको पेलान

परराष्ट्रमा सुवेदीत्रयको पेलान

फष्र्ट लेडीको आशीर्वादमा दाइले दोहो¥याएर राजदूत खाए । एक भाइले तक्मा पड्काए । अर्काे भाइलाई जसरी भए पनि उपसचिव नबनाई भएको छैन । लामो समय लोकसेवासँगको टन्टापछि परराष्ट्र सेवाका ७ शाखा अधिकृतलाई उपसचिवमा बढुवा हुने बाटो खुल्यो कार्यसम्पादन मूल्यांकनमार्फत् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोही बमोजिम दरबन्दी माग गरेर लोकसेवामा पठायो । तर, तोकिएको सीट संख्यामा आफू नपर्ने निश्चित भएपछि उनै राजदूत दुर्गाबहादुर सुवेदीका खेलाडी भाइ चक्र यो प्रक्रियामा आपत्ति जनाउँदै यसमा भाँजो हाल्न अग्रसर भएका छन् । 

 चक्र अदालत पुगेर मंगलबार अन्तरिम आदेश फुत्काएपछि बढुवाको मुखमा पुगेका सहकर्मी अधिकृतहरू आगो हुने नै भए । ०६७ ब्याचका सबै अधिकृत उपसचिवमा उक्लन लागेका छन् तर त्यो पछिका व्याची चक्रलाई अहिल्यै बढुवा हुनुपरेको छ । बढुवा हुनेको सूचीमा शाखा अधिकृतहरू हरिहरकान्त पौडेल, रञ्जिता दाहाल, ऋषि आचार्य, सावित्रा वली,सिर्जना अधिकारी, रमेशचन्द्र चर्मकार र विजय राउत छन् । यी सात जना मात्र बढुवा हुँदा आफू कुनै पनि हालतमा नपर्ने भएपछि लोकसेवा आयोगले प्रक्रिया आरम्भ गर्दा नै ८ जनाको बढुवा हुनुपर्छ भनेर मन्त्रालयलाई विपक्षी बनाई मुद्दा हालेका हुन् । 

उसो त चक्रको सेवा प्रवेश र बढुवामै लोकसेवाबाट चलखेल भएको उनकै सहकर्मीहरू बताउँछन् । उनी कपी काट्ने मान्छे पत्ता लगाएर पास भएको आरोप छ । शाखा अधिकृतमा बढुवा हुँदा लोकसेवाका केही पदाधिकारीलाई सिंगापुर, मलेसिया घुमाउने पनि यिनै हुन् । लोकसेवाका सचिव र सदस्यलाई सन् २०१४–१५ मा आफैँ लागेर विदेश घुमाएपछि अन्तर्वार्ताबाट पास भएको उनलाई चिन्ने र जान्नेहरू बताउँछन् । आफ्नो बढुवाको बेला भएपछि सुब्बाको दरबन्दी घटाउने र अधिकृतको बढाउने कर्मचारी पनि यिनै हुन् भनिन्छ ।

दाइचाहिँ कतिसम्म माहिर भने केपी ओली हुँदा पूर्वेली भएर बेलायतको राजदूत खाए । कमल थापाको पालामा मण्डले र पैसाको नाताले खाए । अहिले त मन्त्री नै कांग्रेसका भए । पिकनिकको खाना सरकारी पैसाबाट व्यवस्थापन खर्च गर्ने पनि यिनै हुन् भनेर चिनिए ।
 

टिप्पणीहरू