सरकारमा जान तयार छु भन्दै काँग्रेस नेताको घर पुगे सिके राउत

सरकारमा जान तयार छु भन्दै काँग्रेस नेताको घर पुगे सिके राउत

नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ । हालैको निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र काँग्रेस नेता निधिबीच निधि निवास नयाँवानेश्वरमा भेटवार्ता भएको हो ।

झण्डै एक घण्टा लामो भेटका क्रममा निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए । निधिसँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताएका छन् । 

आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र काँग्रेससँग सहकार्य गर्न तयार रहेको भन्दै राउतले प्रष्ट पारेको निधि निकटहरुले बताएका छन् ।  

भेटमा निधिले राउतलाई काँग्रेस र सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए । निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको जवाफ दिएका छन् ।

टिप्पणीहरू