‘मुड फ्रेस’ गर्न सुकुटे जानुभएका प्रचण्डको टोली हतियारद्वारा सुसज्जित
पारिवारिक भ्रमणका नाममा आज दिउँसो २ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट पुग्नुभएको छ । उहाँ दुबै छोरी र परिवारका अन्य सदस्यसहित त्यता जानुभएको हो ।
पुग्नासाथ उहाँहरुले आजै भोटेकोशीमा राफ्टिङसमेत गर्नुभएको छ । बा.१७ च ३०७१ नम्बरको जीपमा त्यता जानुभएको अध्यक्षको टोलीलाई सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी बलका निरीक्षकको नेतृत्वमा छ जनाको टोली सङ्गै खटिएको छ ।
भोलि उहाँहरु राजधानी फर्कने कार्यक्रम रहेको सुकुटे रिसोर्टस्रोतले बताएको छ । सुरक्षाकर्मीले पेस्तोल २ थान,एसएमजी २ थान र सञ्चारसेट पनि नम्बर ३ र नम्बर ९ बाहिनी,नम्बर २ गण र नम्बर १६ गणबाट लगिएको बुझिएको छ ।
टिप्पणीहरू