घाँटी छिनालिएकी युवती म्यादी प्रहरी,छिनाल्ने सशस्त्र प्रहरी

घाँटी छिनालिएकी युवती म्यादी प्रहरी,छिनाल्ने सशस्त्र प्रहरी

बैतडीमा एक युवतीको घाँटी रेटी हत्या गरिएको अवस्थामा हिजो शव फेला परेको छ । युवती पञ्चेश्वर गाउँपालिका–४ का धनी लुहारकी २१ वर्षीया छोरी माया लुहार हुन् । 

स्थानीय १५ वर्षीया नेहा लुहार भने गम्भीर घाइते अवस्थामा फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिन्छ । घाइते बालिकाका अनुसार हत्यारा सशस्त्र प्रहरी बलमा कार्यरत स्थानीय हुन् । आरोपी फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।

मृतक युवती म्यादी प्रहरी हुन् । उनीहरुबीच गत डेढ महिनामा चिनजान भएको अनुमान छ । घाइते अवस्थामा भेटिएकी नेहालाई भने उपचारको निम्ति धनगढी लगिएको छ ।

टिप्पणीहरू