विद्यार्थी पढाउन छाडेर गुरुहरु बिजय जुलुसमा ब्यस्त

सरकारी कर्मचारी र निकाय पदाधिकारीले चुनावमा भाग लिन नपाइने,उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचार गर्न नपाइने कानुनको ठाडो उल्लंघन भएका छन् । यसमा सबैभन्दा धेरै सरकारी विद्यालयका शिक्षकहरु देखिएका छन् ।

हालै सम्पन्न आमनिर्वाचनमा अधिकांश जिल्लाका शिक्षकहरु प्रत्यक्ष र सक्रिय रुपमा सहभागी भएको समाचारले सामाजिक सञ्जाल रंगिएको छ । बैतडीका शिक्षकहरुले विजयसभामा खुशीयाली मनाउँदै आसन ग्रहण गरेको पाइन्छ ।

संघीय सांसदमा निर्वाचित एमालेका दामोदर भण्डारीको विजय सभा र जुलुसमा सिगास गाउँपालिकाका शिक्षकरु विद्यार्थी पढाउन छाडेर हिँडेको उजुरी सिडियो कार्यालयमा परेको छ । उनीहरुले पार्टीको आभसभामा आसन ग्रहणसमेत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

टिप्पणीहरू