दोलखामा मतदाताको भीड,पहिलेको भन्दा धेरै मत खस्ने अनुमान
दोलखाका १० ठाउँमा पुनः मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति छ । आज वैतेश्वर गाउँपालिका–२, जनज्योति माध्यामिक विद्यालय पुतलीकाठ मतदान केन्द्र ‘क’ र ‘ख’, सोही गाउँपालिका–३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान भइरहेको छ ।
सोही गाउँपालिका ६ को वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोशी गाउँपालिका–३ हेल्थ पोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गराइएको हो ।
मतदानस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ । गत ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको उजुरीपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको हो । १२ दिनअघिको तुलनामा आजदेखि २ प्रतिशत मत बढी खस्ने अनुमान गरिएको छ ।
टिप्पणीहरू