गोकुल बाँस्कोटाले हराएका उम्मेदवार देख्नासाथ गाउँले डाँको छाडेर रोए

गोकुल बाँस्कोटाले हराएका उम्मेदवार देख्नासाथ गाउँले डाँको छाडेर रोए

लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार हुमागाई मंसिर ४ गतेको निर्वाचनमा काभ्रेपलाञ्चोक १ बाट पराजित भएपछि मतदातालाई धन्यवाद व्यक्त गर्नमा ब्यस्त छन्  ।

सोही सिलसिलामा मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ मा पुग्दा शुभकामनाको निम्ति बसेको टोलीका प्रमुख तथा नेपाली काँग्रेस १२ नम्बर वडा समितिका सभापति ज्ञानेन्द्र पराजुली हुमागाईलाई देखेलगत्तै अंगालो हाल्दै डाँको छाडेर रोएका छन् ।

धन्यवाद दिन हुमागाईंसँगै पुगेका विजयी प्रदेश सांसद लक्ष्मण लम्साललाई मतदाताले श्रद्धाभावले फूलमाला,खादा र अबिर लगाएका छन् । स्थानीयले सम्मान गरिरहँदा हुमागाईलाई जिताउन नसकेकोमा खिन्न हुँदै  कार्यकर्ताले एक्कासी अंगालो हालेर डाँको छाडेका थिए । 

‘राजनीतिक रुपमा मैले जितेको छु । तपाईंहरुले यति धेरै माया गरेर मत दिनुभएको छ । काभ्रेको राजनीतिमा रहुञ्जेल चुनावअघि गरेको वाचा कुनै न कुनै रुपले पूरा गर्नेछु । हार भयो भनेर निराश कहिल्यै नहुनु होला । अर्को चुनावमा जित्ने गरी संगठनलाई बलियो बनाउनेछु,’ हुमागाईंले भने ।

पराजयपछि पनि नेता धन्यवाद दिन गाउँ पुग्दा सबैजना आश्चर्यमा परेको गठबन्धनका कार्यकर्ता प्रकाश खत्रीले बताए । काँग्रेसभित्रको अन्तरघातका कारण हार व्यहोर्नुपरेको उनले उल्लेख गरे । अन्तरघात गर्नेलाई तत्काल कारबाही गर्न काँग्रेसीले नेतृत्वसँग आग्रह गरेका छन् ।

टिप्पणीहरू