मुटुका कारण नेपाली काँग्रेसका वडाध्यक्षको मरण

मुटुका कारण नेपाली काँग्रेसका वडाध्यक्षको मरण

डोटीको पूर्वीचौकी गाउँपालिका–६, गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको हृदयाघातबाट निधन भएको छ । हिजो दिउँसो गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा निधन भएको हो ।

६५ वर्षीय जोशी बाटोमा ढलेका र उपचारको निम्ति अस्पताल लैजाँदै गर्दा वीचैमा निधन भएको हो । उनको हृदयाघातका कारण निधन भएको जिल्ला अस्पतालका डा. सोहन साहले जानकारी दिए ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जोशी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू