हिजो आएका भारतीय विधायक आजै फिर्ता

हिजो आएका भारतीय विधायक आजै फिर्ता

छ जनाको टोली लिएर आएका भारतीय छिमेकी राज्य उत्तर प्रदेशका विधायक जगदम्बिका पाल आज नयाँ दिल्ली फर्केका छन् । इण्डिगो एअरको उडानबाट हिजो दिउँसो पौने २ बजे काठमाडौं उत्रेका उनी आज पौने ११ बजे एअर इण्डियाको उडानबाट फर्केका हुन् ।

एक जना मारवाडी व्यवसायीको निम्तोमा काठमाडौं आएको उत्तर प्रदेश विधानसभा सदस्य नेतृत्वको टोलीलाई नेपाल सरकारले उच्च सुरक्षा प्रदान गरेको थियो । काठमाडौं महाराजगञ्जस्थित जगदम्बा सिमेण्टका साहुजीको घरमा पाहुना लागेका उनलाई नेपाली प्रहरीको अगुवा र पछुवा सवारी साधनले सुरक्षा दिएको थियो ।

नेपाल प्रहरीसँगै उनको सवारीमा भारतीय दूतावासका मात्रै छ वटा सवारी साधन संलग्न भएको बताइन्छ । पालसहितआएका स्नेहपफा पाल, रामजगदम्बिका पाल र रामकेश राई पनि आजै फर्केका छन् ।

टिप्पणीहरू