कमल थापाको पार्टीको यो हालत !

कमल थापाको पार्टीको यो हालत !

गत वर्ष राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले पार्टी नै छाडे । अस्थिर मन भएका राजनीतिज्ञ थापा तत्काल ‘राप्रपा नेपाल’ शुरु गरेर अघि बढे ।

तर,हतारोमा गरेको त्यो निर्णयले अहिले उनलाई खुब पिरोल्छ । उस्तै नामको पार्टी शुरु गर्दा मतदातालाई झुक्याएर राप्रपाको भोट आफूतिर तान्न सकिने लोभले उनले ‘राप्रपा नेपाल’ शुरु गरे पनि केही जोर चल्न सकेन । चुनावमा थापाको पार्टीले कहीँ केही प्रगति गर्न सकेन ।

यता राप्रपा भने कमल थापाबाट मुक्त भएपछि बौरियो । थापालाई हराएर अध्यक्ष बनेका राजेन्द्र लिङ्देनले राप्रपालाई गोडमेल गरेर नयाँ प्राण दिए । अघिल्लो पटक संसदमा एक सिट मात्र जितेको राप्रपाले यसपटक प्रत्यक्षमा ७ सिट जित्यो । समानुपातिकमा त्यति नै सिट ल्याउँदैछ । कमल थापा अध्यक्ष हुँदा २०७४ मा राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड नै कटाउन सकेको थिएन ।

रोचक त के भयो भने,राप्रपाबाट अलग्गिएका थापा यसपटकको चुनावमा राप्रपाकै उम्मेदवारबाट पराजित भए । ‘राप्रपा नेपाल’ स्थापना गरेर अध्यक्ष बने पनि थापाले एमालेको सूर्य चिन्हबाट चुनाव लडेका थिए । निर्वाचनमा थापालाई नेकपा एमालेले साथ दिएको थियो । तर,राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग थापा पराजित भए । अन्तिम मत परिणाम नआउँदै थापाले हार स्वीकार गरेका थिए ।

१८ जना उम्मेदवारमध्ये भट्टराई १८औँ नम्बरमै सीमित रहे । राप्रपा अध्यक्ष लिङ्देनले ४० हजार ६६२ मत ल्याएर निर्वाचित हुँदा राप्रपा नेपालका भट्टराईले २६ मत प्राप्त गरे ।

थापाको पार्टीबाट यसपटकको चुनावमा अन्य केही ठाउँमा पनि उम्मेदवारी परेको थियो । राप्रपा नेपालको उम्मेदवारी चुनाव जित्नका लागि नभई राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका उम्मेदवारको मत काट्नमा मात्रै केन्द्रित थियो । तर, कमल थापाको राप्रपा नेपालका उम्मेदवारले जमानत जोगाउनै कठिन भयो ।

बाँके–२ बाट राप्रपा महामन्त्री धवलसमशेर राणा २९ हजार ५७७ मत ल्याएर सांसद बने । राणासँग चुनाव लड्न कस्सिएका राप्रपा नेपालका उम्मेदवार रमेश शर्मा अर्यालले भने २०७ भोट मात्र पाए । प्राप्त मतका आधारमा हेर्दा उनी उम्मेदवारहरुको सूचिको १०औँ नम्बरमा भेटिन्छन् ।

उता झापामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावमा भिड्न राप्रपा नेपालबाट ‘तीर’ चुनाव चिन्हका देवीरमण भट्टराई मैदानमा निस्किए । लिङ्देनको निर्वाचन क्षेत्र झापा–३ मा १८ जनाको उम्मेदवारी परेको थियो । १८ जना उम्मेदवारमध्ये भट्टराई १८औँ नम्बरमै सीमित रहे । राप्रपा अध्यक्ष लिङ्देनले ४० हजार ६६२ मत ल्याएर निर्वाचित हुँदा राप्रपा नेपालका भट्टराईले २६ मत प्राप्त गरे ।

सुनसरी–४ मा राप्रपाका उम्मेदवार विद्यानन्द यादव ३ हजार २३२ मत ल्याएर तेस्रो बन्दा राप्रपा नेपालका उम्मेदवार भने १०२ मतसहित १०औँ स्थानमा देखिए । पाँचथरमा पनि राप्रपाका उम्मेदवार तेस्रो र राप्रपा नेपालका उम्मेदवार १०औँ स्थानमा देखिए ।

-लक्ष्मी काफ्ले

टिप्पणीहरू