भूतपूर्व गोर्खाको त्रिपक्षीय वार्तामा अर्को बैठक गर्ने सहमति

भूतपूर्व गोर्खाको त्रिपक्षीय वार्तामा अर्को बैठक गर्ने सहमति

भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न बेलायतको राजधानी लण्डनमा त्रिपक्षीय वार्ता भएको छ । बेलायत र नेपाल सरकारका प्रतिनिधिसँगै आन्दोलनरत भूपूगोर्खाबीच छलफल भएको बताइएको छ।

लन्डनस्थित नेपाली दूतावासले प्राविधिकस्तरको बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा नेपाली दूतावास र बेलायतका रक्षा मन्त्रालयका पदाधिकारीहरूसँगै भूतपूर्व गोर्खाका प्रतिनिधिहरूको सहभागिता थियो । उनीहरूको मुख्य माग समान पेन्सन रहँदै आएको छ । 

नेपाल सरकारका तर्फबाट त्यहाँस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपालको उपस्थिति थियो । छिट्टै अर्को बैठक छिट्टै गर्ने सहमति गरेर हिजोको बैठक सकिएको हो ।

टिप्पणीहरू