टेलिभिजन रियालिटी शोमा मेयरले भोट मागे

टेलिभिजन रियालिटी शोमा मेयरले भोट मागे

टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा लाइभ शो राउण्ड भइरहेको छ । भाग लिएका प्रतिस्पर्धीहरुले दर्शकसँग भोट मागिरहेका छन् ।

पछिल्लो समय भ्वाइसको क्रेजमा दर्शकदेखि नेता सेलिब्रिटीसम्म देखा पर्न थालेका छन् । उक्त शोमा धरानका मेयर हर्क साम्पाङको शुरुदेखि नै विशेष रुची देखिएको छ ।

उनले शो सुरु हुने बेलामा फेसबुकमार्फत् यस पटकको विजेता महिलालाई गराउनुपर्ने बताएका थिए । त्यसैले प्रतिस्पर्धीहरुमध्ये सविना योङहाङका लागि भोट मागेका छन् ।  

आज बिहान सामाजिक सञ्जालमा सविनाको तस्बिर सेयर गर्दै मेयर साम्पाङले उनको समर्थन गरेका हुन् । उनको पोस्टमा धेरैले सविनालाई जीतको अग्रिम शुभकामना दिएका छन् भने उनी टिम राजेशको समूहबाट प्रतिस्पर्धा गरिरहेकी छन् ।

लाइभ शोमा दर्शकले मतदान गर्न पाउने भएपछि सामाजिक सञ्जालमा आफूलाई मनपर्ने ट्यालेण्टको पक्षमा जिताउ अभियान पनि थालिएको छ । ‘द भ्वाइस अफ नेपाल’ शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट राति ८ बजे प्रसारण हुँदै आएको छ ।

टिप्पणीहरू