दोलखामा एमाले कार्यकर्ताद्वारा काँग्रेस उम्मेदवारको गाडी तोडफोड

दोलखामा एमाले कार्यकर्ताद्वारा काँग्रेस उम्मेदवारको गाडी तोडफोड

दोलखामा आज भएको पुनः मतदान पनि शान्तिपूर्ण हुन सकेन । दिउँसो नेपाली काँग्रेस उम्मेदवार कुन्दन काफ्लेको बा.२ च १८२९ नम्बरको गाडी तोडफोड गरिएको बदलामा गठबन्धन कार्यकर्ताले एमाले उम्मेवार बालकृष्ण शिवाकोटीका गाडीहरु पनि तोडफोड गरेका छन् ।  

त्यसपछि शिवाकोटीलाई झण्डै दुई घण्टा गठबन्धनका कार्यकर्ताले घेरा हालेर राखेको बताइन्छ । त्यसक्रममा शिवाकोटीले प्रयोग गर्दै आएका तीन वटा गाडी पूर्णरुपमा क्षति भएका छन् । उक्त घटना बैतेश्वर ३ मा भएको हो ।

टिप्पणीहरू