बाजुरामा रुख अगाडि, स्याङ्जामा पनि काँग्रेस विजयी

बाजुरामा रुख अगाडि, स्याङ्जामा पनि काँग्रेस विजयी

बाजुरामा जारी मतगणनामा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली काँग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार कर्ण थापाले भन्दा पाण्डे १२ सय मतले अगाडि छन् ।

पाण्डेले ५ हजार ३९९ र थापाले ४ हजार १३० मत प्राप्त गरेका छन् । बाजुराको प्रदेश (क) तर्फ एमालेका बलदेव रेग्मीले ९६२,नेकपा एकीकृत समाजवादीका नरेश शाहीले २ हजार ९७ र नेकपा माओवादी केन्द्रका कर्णबहादुर बिकले २४७ मत प्राप्त गरेको त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रदेश (ख) तर्फ एमालेका लालबहादुर थापाले १ हजार ३५२ तथा नेपाली काँग्रेसका पदमबहादुर शाहीले १ हजार २ मत ल्याएका छन् । राजपाका हिमालबहादुर शाहीले भने जम्मा १ मत ल्याएका छन् ।
यता, स्याङ्जा–२ ‘क’ बाट नेपाली काँग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । अर्यालले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् ।

अर्यालले १५ हजार १६१ तथा रेग्मीले १२ हजार ४३१ मत पाएका छन् ।
 

टिप्पणीहरू