नेपालको राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्न भारतीय राजदूत नयाँ दिल्लीमा

नेपालको राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्न भारतीय राजदूत नयाँ दिल्लीमा

नेपालका लागि भारतीय राजदूत नयाँ दिल्ली जानुभएको छ । राजदूत नवीन श्रीवास्तव यहाँको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो सरकारलाई जानकारी गराउन हिजो त्यता जानुभएको हो । 

भारतीय दूतावास स्रोतले भने नियमित मासिक प्रतिवेदनको निम्ति स्वदेश जानुभएको दाबी गरेको छ । उहाँ भिस्तारा एयरको उडानबाट हिजो राजधानी दिल्ली जानुभएको हो । 

नेपालमा हालै सम्पन्न आमनिर्वाचनको लगभग अन्तिम परिणाम आइसकेको सन्दर्भमा राजदूत उता जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ठानिएको छ । उहाँ गत साता आगामी राजनीतिक परिदृश्य र सरकार गठनको विषयमा जानकारी लिन पटक पटक बालुवाटार र खुमलटार जानुभएको थियो ।

टिप्पणीहरू