काँग्रेसका वरिष्ठहरुको आ-आफ्ना हिसाब किताब

काँग्रेसका वरिष्ठहरुको आ-आफ्ना हिसाब किताब

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्रधानमन्त्री नियुक्तिमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् । उनले नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको धारणा सार्वजनिक गरेका हुन् ।

यता,काँग्रेस नेता सशांक कोइराला,महामन्त्री गगन थापालगायतले पनि प्रधानमन्त्रीमा दाबेदारी गर्दै आएका छन् । तर, नेपाली काँग्रेसको विधानबमोजिम पहिले संसदीय दलको नेता चुनिनुपर्ने कानुनी बाध्यता छ । 

सोही क्रममा काँग्रेस नेता डाक्टर शेखर कोइरालाले आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हालको निर्वाचनमा प्राप्त परिणाम सन्तोषजनक रहेको पनि बताए । कोइरालाले चुनावअघि सत्ता गठबन्धनको चर्को विरोध गर्दै आएका थिए ।

टिप्पणीहरू