माओवादीले प्रधानमन्त्री नपाए उपराष्ट्रपतिलाई राष्ट्रपतिमा उकाल्दै

माओवादीले प्रधानमन्त्री नपाए उपराष्ट्रपतिलाई राष्ट्रपतिमा उकाल्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको पहिलो प्राथमिकता प्रधानमन्त्री रहेको बताउनुभएको छ । काँग्रेसले प्रधानमन्त्रीको दाबी नछाडे माओवादीले उपराष्ट्रपतिलाई राष्ट्रपतिमा अघि सार्ने धारणा पनि राख्नुभएको छ ।

‘मुड फ्रेस’ गर्न परिवारका सदस्यसहित अस्ति सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएका अध्यक्षले पार्टीका आधा दर्जन नेताहरुको उपस्थितिमा उक्त विचार अघि सार्नुभएको बताइन्छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटासहितको उपस्थितिमा सुकुटेमा भएको छलफलमा माओवादी केन्द्रले प्रधानमन्त्रीमा दावी गर्ने योजना सुनाउनुभएको हो ।

‘प्रधानमन्त्री नपाए राष्ट्रपतिमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई अगाडि बढाइने छ,’ अध्यक्षले भन्नुभयो । सभामुखमा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेलाई अघि बढाइनेबारे छलफल भएको समेत चर्चा छ ।

टिप्पणीहरू