पूर्वप्रधानमन्त्रीको शालिकमा पुगेर ‘देउवा निर्विकल्प प्रधानमन्त्री’ ?

पूर्वप्रधानमन्त्रीको शालिकमा पुगेर ‘देउवा निर्विकल्प प्रधानमन्त्री’ ?

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले चुनावपछिको प्रधानमन्त्री पनि सभापति शेरबहादुर देउवा नै हुने दावी गर्नुभएको छ । काँग्रेसका स्व. नेता तथा भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम बाँडेगाउँ पुगेर उहाँले उक्त धारणा राख्नुभएको हो । 

खड्काले भट्टराईको शालिकमा श्रध्दाञ्जली अर्पण गर्दै भन्नुभयो, ‘काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा नै चयन हुनुहुनेछ । त्यसपछि गठबन्धनको तर्फबाट निर्विकल्प प्रधानमन्त्रीको रुपमा पनि उहाँ नै हो ।’

टिप्पणीहरू