भारतीय राजदूत दिल्लीमा,अमरेशकुमार दूतावासमा
नेपाली काँग्रेसको बागी उम्मेदवार भएर सांसद निर्वाचित अमरेशकुमार सिंह हिजो साँझ फेरि भारतीय राजदूतावास छिरेका छन् ।
सर्लाही-४ बाट बागी उम्मेदवारको रुपमा विजयी सिंह दूतावास गए पनि राजदूत भने यतिखेर नयाँ दिल्लीमा छन् । राजदूत नवीनकुमार श्रीवास्तव नेपालको चुनावी परिणाम र आगामी सरकार गठनको परिदृश्यबारे जानकारी गराउन अस्ति त्यता गएका छन् ।
अमरेशले डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवसँग साँझ साढे ५ बजेदेखि करिब ७ बजेसम्म भेटेर हालसम्म भएका चुनावी जोडघटाउ र अब बन्न सक्ने सत्ता समीकरणवारे रिपोर्टिङ गरेको उनले राती आफ्ना खास खास मित्रहरूलाई सुनाएका छन् ।
टिप्पणीहरू