गृह मन्त्रालयमा लगातार बैठक, विप्लवका नेता प्रकाण्ड सहभागी

गृह मन्त्रालयमा लगातार बैठक, विप्लवका नेता प्रकाण्ड सहभागी

गृह मन्त्रालयमा हिजो दिउँसो दुई वटा बैठक लगातार बसेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा यसअघि सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा मन्त्रालयमा वार्ता भएको हो ।

उक्त वार्तामा निवर्तमान कानून,न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा बन्दी, महान्यायाधिवक्ता खम्मबहादुर खाती,गृहसचिव विनोदप्रकाश सिंह सहभागी हुनुहुन्थ्यो । नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सँलग्न रहेको बैठक दिउँसो साढे २ बजेदेखि आधा घण्टा बसेको थियो ।

लगत्तै गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरक्षासम्बन्धी बैठक डाकिएको थियो । उक्त बैठकमा गृह सचिव विनोदप्रकाश सिंह,नेपाली सेनाका रथी सीताराम खड्का, प्रहरी प्रमुख धिरजप्रताप सिंह,सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको उपस्थिति थियो । 

बैठक दिउँसो साढे ३ बजेदेखि ४ बजेसम्म बसेको थियो ।

टिप्पणीहरू