दोलखामा माओवादी उम्मेदवारलाई दोब्बर मतको अग्रता

दोलखामा माओवादी उम्मेदवारलाई दोब्बर मतको अग्रता

दोलखामा जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले दोब्बर मतको अग्रता लिएका छन् ।

प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट हालसम्म ६ हजार ३१ मतगणना हुँदा माओवादी उम्मेदवार गङ्गा कार्कीले तीन हजार ६१८ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार आठ सय मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोलखाको प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा (२) मा एमालेका भरत केसीको अग्रता छ ।

टिप्पणीहरू