शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप,कारबाहीको माग

शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप,कारबाहीको माग

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १३ स्थित कंकाली माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक कृष्णमणि लामिछानेमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

उनीमाथि सोही विद्यालयमा कक्षा ७, ९ र १० का छात्राले यौन दुर्व्यवहारको आरोप लगाएका हुन् । 

नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले शिक्षकद्वारा भएको यो हर्कतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

शिक्षक लामिछानेले पटकपटक यस्तो कसूर गरेको हुनाले उनलाई माफी दिन नसकिने उसको भनाइ छ । 

यसवीच कंकाली मावि प्रशासन,विद्यालय व्यवस्थापन समिति,जनप्रतिनिधि र अखिलका पदाधिकारीहरुको संयुक्त बैठकले दोषी शिक्षकलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ । 

तीन दिनभित्र शिक्षकलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई दबाब दिने निष्कर्ष बैठकले निकालेको छ । 

त्यस्तै,अर्काे दुई सामान्य आरोपित शिक्षक अन्जन श्रेष्ठ र पुष्पराज भोमरालाई माफी माग्न लगाउने निर्णय भएको सहमति पत्रमा उल्लेख छ । 

आगामी दिनमा फेरि पनि उही हर्कत दोहोरिएमा कडा कारबाहीका साथै जागिरबाट निष्कासन गरिने कडा चेतावनीसमेत दिइएको छ । 

साथै,उक्त निर्णय समयभित्र कार्यान्वयन नभएमा संघर्षमा जाने अखिल क्रान्तिक्रारीको चेतावनी छ ।

टिप्पणीहरू