केपी ओलीको दूतका रूपमा शान्ता चौधरी दाङ्गबाट सोझै सुकुम्बासी वस्ती

केपी ओलीको दूतका रूपमा शान्ता चौधरी दाङ्गबाट सोझै सुकुम्बासी वस्ती

नेकपा (एमाले) की केन्द्रीय सदस्य शान्ता चौधरी एकाबिहानै थापाथलीस्थित सुकुम्वासी बस्ती पुगेकी छन् ।

उनी पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको दूत बनेर त्यहाँ गएकी हुन्।

‘अहिले थापाथलीस्थित सुकुम्बासी बस्तीमा आएको छु । धेरैसँग अन्तरक्रिया गरेँ,’ चौधरीले भनिन्। उनका अनुसार थापाथलीका सुकुम्वासीहरूले आफ्नो व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।

उनीहरू भन्छन्,‘हामीहरू यो बस्ती छाड्न तयार छौं । विकल्पबिना हामीलाई नहटाइयोस् । हुकुम्वासीको नाममा सुकुम्वासीलाई जोडेर सधैँ हाम्रो अपमान गर्ने काम नहोस् । कोही पनि सुकुम्वासी हुकुम्वासीको पक्षमा छैनौं।’

काठमाडाैँ महानगरपालिकाले थापाथलीकाे सुकुम्वासी बस्ती खाली गर्न भन्दै सूचना जारी गरेकाे थियाे । त्यहाँबाट स्थानीयहरू नहट्ने देखिएपछि साेमबार महानगरले प्रहरी परिचालन गरेकाे थियाे ।

डाेजरसहित पुगेकाे महानगरकाे टाेली र स्थानीयबीच झडपसमेत भएकाे थियाे । उनीहरूले महानगरका मेयर बालेन साह र गृहमन्त्रीविरुध्द चर्को नारावाजी गरेका थिए । त्यसयता थापाथलीका सुकुम्वासीहरू आन्दाेलित छन्।

टिप्पणीहरू