होटल पेगोडामा निर्वाचन अधिकृतहरुलाई प्रंशसा पत्रबाँडिदै
जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले ‘प्रशँसापत्र वितरण कार्यक्रम’ को आयोजना गरेको छ । कान्तिपथस्थित होटल यल्लो पेगोडामा केही बेर अघिदेखि कार्यक्रम शुरु भएको छ ।
उत्कृष्ट रुपमा मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गराउने काठमाडौंको १० वटै निर्वाचन क्षेत्रका अधिकृतहरुलाई सम्मान गर्न लागिएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको उपस्थिति रहेको छ ।
त्यस्तै,प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,प्रधान सेनापति प्रभुराम शर्मा,सशस्त्र प्रहरी प्रमुख राजु अर्याल पनि कार्यक्रममा सहभागी छन् । गुप्तचर विभागका प्रमुख हुतराज थापा पनि कार्यक्रममा उपस्थित हुने बुझिएको छ ।
टिप्पणीहरू