बालकोटको सन्देश लिएर एमाले उपमहासचिव बालुवाटारमा

बालकोटको सन्देश लिएर एमाले उपमहासचिव बालुवाटारमा

एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानुभएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ आज मध्यान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाटको निम्ति त्यहाँ पुग्नुभएको बुझिएको छ ।

प्रधानमन्त्री र गुरुङबीच झण्डै ४५ मीनेट भएको कुराकानी मुलुकको पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित रहेको स्रोतको दाबी छ । ‘उहाँले एमाले अध्यक्षको सन्देश लिएर प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको हो,’ एमाले उच्चस्रोतले बतायो ।

टिप्पणीहरू