बाजुरापछि दोलखामा पनि मतगणना रोकियो

बाजुरापछि दोलखामा पनि मतगणना रोकियो

बाजुरापछि अहिले दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधि सAभातर्फको प्रत्यक्ष निर्वाचन मतगणना रोकिएको थियो ।

बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रमा भएको मतगणनामा मुचुल्काभन्दा बढी मत भेटिएपछि रोकिएको हो । प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएको थियो ।

यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ । अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसेको छ । 

केहीबेरमा सर्वदलीय बैठक बोलाउने तयारी गरिएको बताइएको छ । उक्त प्रदेशमा काँग्रेसबाट बर्मा लामा र एमालेका भरत केसी प्रतिस्पर्धामा छन् ।

टिप्पणीहरू