लगेज ल्याउने सहमतिपछि विमानका यात्रु ओर्लिए

लगेज ल्याउने सहमतिपछि विमानका यात्रु ओर्लिए

आफ्नो लगेज नल्याएको भन्दै काठमाडौं विमानस्थलमा नओर्लेका नेपाल वायुसेवा निगमको रियाद–काठमाडौं उडानका नेपाली यात्रुहरु सहमतिपछि झरेका छन् । निगमका स्टेशन म्यानेजरले उनीहरुको लगेज ल्याउने र उनीहरुको ठेगामा पुर्याइदिने सहमति गरेपछि यात्रु विमानबाट ओर्लन राजी भएका हुन् ।

‘नेपाल एयरलाइन्सका स्टेसन म्यानेजरले एक हप्ताभित्र लगेज काठमाडौ ल्याउने र सम्बन्धित यात्रुको ठेगानामा पठाउने, त्यतिञ्जेल यात्रुलाई  होटलमा राख्ने सहमति गरेका छन्,’ एक यात्रुले जनआस्थालाई बताए । 

निगम र यात्रुबीच भएको मौखिक सहमतिपछि उनीहरु झण्डै २ घण्टापछि साढे ११ बजेको समयमा विमानबाट ओर्लेका हुन् । सो क्रममा रियादमा निगमको कार्गो राख्ने स्थानको ढोका नखुलेकाले लगेज ल्याउन नसकिएको जवाफ दिएको थियो । आजभोलि नै निगमको अर्को विमान ढाका गएर त्यहाँ र रियादमा भएका थप कार्गो लिएर आउने जानकारी दिइएको छ ।

टिप्पणीहरू