मेचीमा पनि अनधिकृत संरचना हटाइने पक्का

मेचीमा पनि अनधिकृत संरचना हटाइने पक्का

मेचीनगर नगरपालिकाले अनाधिकृत रुपमा निर्माण गरिएका संरचनाहरु हटाउने भएको छ । त्यस्ता संरचना सात दिनभित्र हटाउन नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

सरकारी स्वामित्वमा रहेका सम्पत्ति, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको अतिक्रमण गरी उपभोग गरिएको, अनाधिकृत रुपमा राखिएका विज्ञापन तथा होर्डिङ बोर्ड, सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचनाहरु खाली गर्न भनिएको छ । 

तोकिएको अवधिमा ती क्षेत्रबाट त्यस्ता संरचना नहटाइएमा प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने नगरपालिकाले चेतावनीसमेत दिएको छ । नगरपालिकाको स्वामित्वमा रहेको संरचनामा कुनै व्यवसाय वा अन्य कार्य गरी प्रयोग गर्दै आइरहेको संरचनामा कुनै फेरबदल भएमा सोही अवधिभित्र सम्झौताअनुसार संरचना निर्माण गर्न निर्देशन दिइएको छ । 

तर त्यस्ता संरचनामा मादक पदार्थ बिक्री वितरण गरिएको भए तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।

टिप्पणीहरू