वडाध्यक्षहरुलाई साढे चार लाख दरका मोटरसाइकल सुविधा

वडाध्यक्षहरुलाई साढे चार लाख दरका  मोटरसाइकल सुविधा

कैलालीको लम्किचुहा नगरपालिकाले सम्पूर्ण वडाध्यक्षलाई महङ्गा मोटरसाइकल वितरण गरेको पाइएको छ । १० वटा वडामध्ये प्रत्येक वडाध्यक्षलाई साढे चार लाख पर्ने मोटरसाइकल बाँडिएपछि स्थानीयहरु आगो बनेका छन् । 

नगर प्रमुख सुशीला शाहीले आफ्नो डिलरमार्फत मोटरसाइकल ल्याएर वितरण गरेको आरोप छ  । उनले महङ्गा बाइक वितरण गरेपछि स्थानीयहरुले विरोध जनाएका छन् । नगरपालिकाको बजेटमा नगर प्रमुख शाहीले रजाइँ गरेको स्थानीयहरुको आरोप छ । नगरपालिकाले मोटरसाइकल खरिद गर्नका लागि ४५ लाख रुपैयाँ खर्च गरेको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले यसअघि चार जना र हालसालै दुई जनालाई मोटरसाइकल वितरण गरिएको जानकारी दिए । बाँकी रहेकालाई पनि मोटरसाइकल दिने तयारी भइरहेको उनी बताउँछन् । अधिकृत बुढाले आफू मोटरसाइकल खरिदमा लागेको खर्चबारे अनभिज्ञ रहेको बताए । 

‘नगरपालिकाले मोटरसाइकल बाँडेको हो । तर,के कतिमा बाँड्यो मलाई थाहा छैन’, उनले भने ।

टिप्पणीहरू