खुमलटार र लैनचौर भ्याएर अमरेश सोझै दिल्लीतिर

खुमलटार र लैनचौर भ्याएर अमरेश सोझै  दिल्लीतिर

नेपाली काँग्रेसको बागी उम्मेदवार बनेर संसदीय निर्वाचनमा विजयी भएका अमरेशकुमार सिंह आज नयाँ दिल्ली गएका छन् । उनी नेपाल वायुसेवा निगमको उडानबाट दिउँसो साढे ३ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । 

हिजो साँझ भारतीय राजदूतावास छिरेर उपनियोग प्रमुख प्रसन्न श्रीवास्तवलाई यावत अवस्थाको रिपोर्टिङ  गरेका सिंहले केही दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । उनले निर्वाचनमा विजयी भएलगत्तै अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । त्यसअघि पनि प्रायः उनी खुमलटार गइरहनेमा पर्छन् ।

यता नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि यतिखेर नयाँ दिल्लीमा छन् । उनी नेपालको विकसित राजनीतिक घटनाक्रम र चुनावको परिणामलगायतबारे सरकारलाई ब्रिफिङ गर्न त्यता गएको स्रोतको दाबी छ ।

टिप्पणीहरू