माओवादीसँग एकता हुन लागेकाे भन्ने समाचारमा कुनै सत्यता छैन :महासचिव वेदुराम

माओवादीसँग एकता हुन लागेकाे भन्ने समाचारमा कुनै सत्यता छैन :महासचिव वेदुराम

नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबीच तत्काल एकता हुने कुनै सम्भावना नरहेको जानकारी दिनुभएको छ ।  भुसालले केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुने प्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त धारणा व्यक्त गर्नुभएको हो ।

‘यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन,’ उहाँले भन्नुभयो । महासचिवद्वारा आज जारी विज्ञप्तिमा नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आवश्यक रहेको उल्लेख छ । तर यस सम्बन्धमा केही छलफल, वार्ता वा सम्वाद नभएकाले हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना नगरिदिन सबैलाई अनुरोध गर्नुभएको छ ।

टिप्पणीहरू