परराष्ट्रमा एउटाले बिराउने,शाखा पिराउने
अन्तत: राजदूत दुर्गाबहादुर (दुबसु) र उनका भाइ चक्र सुवेदीहरुको मनोकाँक्षा धेरै हदसम्म पूरा भएको छ ।
यस मामिलामा उनीहरुलाई सर्वाेच्च अदालत र लोकसेवा आयोगले मज्जैसङ्ग साथ दिएको देखिएको छ ।
अदालत हुँदै लोकसेवासमेतबाट फेरि उपसचिव तहको परीक्षा स्थगित गर्न परराष्ट्रका दाजुभाइ सफल भएका हुन् ।
परराष्ट्र सेवाका सात जना शाखा अधिकृत कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिवमा बढुवा हुँदै थिए ।
यो सूचिमा हरिहरकान्त पौडेल,रञ्जिता दाहाल,ऋषि आचार्य, सावित्रा वली,सिर्जना अधिकारी,रमेशचन्द्र चर्मकार र विजय राउत लगायत छन् । यी सात जनाको बढुवामा आफू कुनै हालतमा नपर्ने भएपछि चक्र सर्वाेच्च अदालत पुगेका थिए गत कार्तिक १५ गते ।
साता दिनपछि २२ कार्तिकमा उनले अन्तरिम आदेश फुत्काएसँगै उपसचिव बढुवा प्रक्रिया नै भाँडिन पुगेको हो ।
लोकसेवा आयोगका उपसचिव एकनारायण अर्यालले आज सर्वाेच्चको सोही आदेशलाई टेकेर परराष्ट्र सेवाका उपसचिवको बढुवा अनिश्चित कालका लागि स्थगित भएको सूचना जारी गरेका छन् ।
यसरी आफू उपसचिव बढुवा प्रक्रियामा कुनै हालतमा नअट्ने भएपछि अदालत र लोकसेवा आयोगलाई प्रयोग गरेर अरु अधिकृतलाई समेत बढुवाबाट बञ्चित गर्ने काममा सफल भएका हुन् ।
चक्रले निजामती प्रशासनको सर्वमान्य सिध्दान्तविपरित अन्य सहकर्मी अधिकृतहरूलाई बढुवा हुनबाट रोक्ने प्रपञ्च गरेपछि अरु रिसले आगो भएका छन् ।
टिप्पणीहरू