बर्षमानको उपचारमा चीनकै ब्यवस्थापन

बर्षमानको उपचारमा चीनकै ब्यवस्थापन

नेकपा माओवादीका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन फेरि बिरामी हुनुभएको छ । उहाँ थप उपचारको निम्ति हिजो साँझ दुबई हुँदै चीन जानुभएको छ ।

पुनका साथ श्रीमती तथा पूर्वसभामुख ओन्सरी घर्ती पनि हुनुहुन्छ । । हिजो साँझ सवा ७ बजे फ्लाई दुबईको एफजेड ५७६ उडानबाट दुबई हुँदै पुन दम्पति उता गएको हो ।

नेता पुनः मंसिर ४ गतेको निर्वाचनलगत्तै बिरामी पर्नुभएको माओवादीका एक जना नेताले बताए । गत वर्ष कोरोना महामारीमा पनि उहाँ थाइल्याण्डको बैंकक जानुभएको थियो । तर त्यहाँ निको नभएपछि अघिल्लो वर्षको डिसेम्बरमा चीनको सेन्जेनमा लामो समय उपचार गरेर स्वदेश फर्कनुभयो ।

उहाँ बैंककबाट एअर एम्बुलेन्समा चीन जानुभएको हो । पुन एक प्रकारको जटिल खालको जण्डिस रोगबाट ग्रसित हुनुुहुन्छ ।

टिप्पणीहरू