बेलायतका नयाँ राजालाई नेपालबाट ज्ञापन

बेलायतका नयाँ राजालाई नेपालबाट ज्ञापन

नेपाल राष्ट्रवादी मोर्चाले बेलायतका नयाँ राजा चार्ल्सलाई ज्ञापन पत्र पठाएको छ । मोर्चाले सुगौली सन्धिमार्फत भारत र बंगलादेशमा गाभिएको जमिन फिर्ताको माग गर्दै ज्ञापन पत्र पठाएको हो । 

सुगौली सन्धिका कारण नेपालको ६० हजार वर्गकिलोमिटर जमिन भारतमा गाभिएको मोर्चाको ठहर छ । उक्त जमिन फिर्ता पाउनुपर्ने भन्दै मोर्चाले काठमाडौंस्थित बेलायती राजदूतावासमार्फत् राजा चार्ल्सलाई पत्र पठाएको जानकारी दिएको छ ।

टिप्पणीहरू