बिप्लवका प्रकाण्ड बालुवाटारमा,माओवादीका पोखरेल खुमलटारमा

बिप्लवका प्रकाण्ड बालुवाटारमा,माओवादीका पोखरेल खुमलटारमा

विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड हिजो बिहान बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न गएका हुन् । 

अघिल्लो सरकारसँग भएको सम्झौता कार्यान्वयन,आफ्ना गिरफ्तार नेताको रिहाईको निम्ति उनी बालुवाटार गएको बताइन्छ । हिजो बिहान ८ बजेको समयमा प्रकाण्ड बालुवाटार छिरेका थिए । 

प्रधानमन्त्रीसँग झण्डै ४५ मीनेट कुराकानी गरेका उनी गत साता गृह मन्त्रालयमा भएको छलफलमा पनि उनी सहभागी भएका थिए ।

यता खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा माओवादी नेता गिरिराजमणि पोखरेल हिजो बिहान पुगेका हुन्बिप्लवका । उनीहरुबीच झण्डै एक घण्टा कुराकानी भएको बताइन्छ ।

हालैको आनिर्वाचनमा पराजित भएपछि पोखरेल पहिलो पटक अध्यक्ष निवास पुगेका हुन् ।

टिप्पणीहरू