गोकुल बास्कोटाको घरमा फेरि शंकास्पद चिज
नेकपा एमालेका नेता तथा काभ्रेबाट पुनरनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ ।
भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको हो ।
बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका र बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसर कुकरमा शंकास्पद वस्तु देखिएपछि खबर गरेको उनका स्वकीय सचिव नवराज ढकालको भनाइ छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीको घरमा बस्ने गरेको बेला ०७६ फागुनमा पनि यसैगरी गोकुलको निजी निवासमा यसरी नै शंकास्पद वस्तु राखिएको थियो ।
टिप्पणीहरू