नयाँ दिल्ली जानुअघि र फर्केलगत्तै बालुवाटारमा छलफल

नयाँ दिल्ली जानुअघि र फर्केलगत्तै बालुवाटारमा छलफल

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । उहाँ तीन दिन नयाँ दिल्लीको बसाइपछि अस्ति काठमाडौं फर्कनुभएको थियो । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासँग राजदूत श्रीवास्तवले अस्ति मध्यान्ह साढे १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म भेटवार्ता गर्नुभएको बताइन्छ । गत साता नयाँ दिल्ली जानुअघि पनि उहाँको प्रधानमन्त्री देउवासँग दुई पटक कुराकानी भएको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता भयो । अस्ति राजधानी फर्केपछि हिजो शनिबार राजदूत बालुवाटार पुग्नुभयो र चुनावी बिजयको शुभकामना दिनुभयो ।

नेपालमा हालै सम्पन्न  आमनिर्वाचनको पछिल्लो परिणाम र आगामी राजनीतिक परिदृश्यबारे जानकारी गराउन उहाँ नयाँ दिल्ली जानुभएको बताइन्छ । तर भारतीय राजदूतावासले राजदूत श्रीवास्तव नियमित राजनीतिक प्रतिवेदन पेश गर्न उता जानुभएको अनौपचारिक जानकारी गराएको छ ।

टिप्पणीहरू