सुकुम्वासी व्यवस्थापनका लागि पाँच बुँदे निर्णय

सुकुम्वासी व्यवस्थापनका लागि पाँच बुँदे निर्णय

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सुकुम्वासीहरुको व्यवस्थापनका लागि विभिन्न योजना अघि सारेको छ । 

समितिका संयोजक नन्दगोपाल महर्जन (नन्दवीर) को अध्यक्षतामा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

समितिले सुकुम्वासीहरुका समस्या समाधान गर्न काठमाडौं महानगरपालिकासंग सहकार्य गर्ने भएको छ । उपत्यकाका सुकुम्वासीहरुलाई घरजग्गाको स्वामित्व प्राप्तिका लागि महानगरपालिकालाई प्रस्ताव गर्नेलगायतका निर्णय बैठकले गरेको छ । 

त्यस्तै,उपत्यकावासी व्यवस्थापनका लागि समितिका संयोजक महर्जन, पृथ्वीविन्दु महर्जन,प्रमोदनाथ श्रेष्ठ, शेखर महर्जन,अमरमान महर्जन, प्रशान्त शाही,मनिषकुमार श्रेष्ठलगायतका पदाधिकारीहरुको संयोजकत्वमा समिति गठन गर्ने भनिएको छ । 

मेयर बालेन्द्र साहलाई सुकुम्वासीको व्यवस्थापनका लागि सहयोग गर्न ज्ञापनपत्र बुझाउने समितिले बताएको छ । ज्ञापनपत्र आउँदो मंसिर २० गते बिहान १० बजे बुझाइने छ ।

टिप्पणीहरू