गरिव बुहारीलाई पनि छात्रवृत्ति

गरिव बुहारीलाई पनि छात्रवृत्ति

झापाको गौरादह नगरपालिकाले नगरभित्र गरिब,विपन्न परिवारका बुहारीलाई छात्रवृत्ति दिने भएको छ । नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

नगर प्रमुख छत्रपति सुवेदीले नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्तिको रकम उपलब्ध गराउने बताए । उनले भने,“ नगरपालिकाभित्र रहेका गरिब,विपन्न परिवारकी बुहारीलाई स्नातक तहसम्म अध्ययन गराउन लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने छ ।” 

अहिले पनि नगरपालिकाले आफ्नो नगरभित्र रहेका सरकारी विध्यालय तथा कलेजमा कक्षा १२ सम्म निःशुल्क पढाइरहेको उनको भनाइ छ ।

टिप्पणीहरू