लुम्बिनीको राजधानी नसार्न एमालेका चार सांसदको अग्रसर
लुम्बिनी प्रदेशको राजधानी अस्थायी संरचनामा नसार्न नेकपा एमालेबाट रुपन्देहीका निर्वाचित चार सांसदले माग गरेका छन् । एमालेबाट हालै प्रदेशसभा सदस्यमा निर्वाचित लीला गिरी,भूमिश्वर ढकाल,भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरीले राजधानी अस्थायी संरचना,दाङ्गमा नसार्न माग गरेका हुन् ।
“अबको केही दिनमै गठन हुन लागेको प्रदेशसभा र त्यसबाट निर्माण हुने नयाँ सरकारको जिम्मेवारीमाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ” विज्ञप्तिमा उल्लेख छ ।
साथै,प्रदेश सभाले व्यवस्थित गुरुयोजना र डिपीआर तयार गरी राजधानीको भौतिक पूर्वाधार बनाएर मात्र राजधानी स्थापित गर्ने निर्णय बताउँदै कुनै संरचना नबनाई फेरि अस्थायी संरचनामा राजधानी नसार्न आग्रह गरिएको छ ।
टिप्पणीहरू