नेपाल गाँजावादीका संयोजक भन्छन् : गाँजा चिनाउन वनभोज गर्ने नै हो

नेपाल गाँजावादीका संयोजक भन्छन् : गाँजा चिनाउन वनभोज गर्ने नै हो

गाँजावादी वैधानिक महाअभियानले ललितपुरको मञ्जुश्री पार्कमा बनभोज कार्यक्रम आयोजना गरेरै छाड्ने भएको छ । उसले सहभागी हुन इच्छुकलाई हजार रुपैयाँ इ-सेवा नम्बर ९८६८४७४६६० मार्फत तिर्न भनेको छ।

अभियान संयोजक मदन कोइरालाका अनुसार गाँजालाई सबैले नकारात्मक रुपमा लिने भएकोले गाँजा के हो ? भनी चिनाउनको लागि वनभोज आयोजना गरिएको हो। गाँजालाई वैधानिक रुपमा नै लानुपर्छ भन्दै कुनै दिन प्रधानमन्त्रीको गाडीसम्म छेक्न गएका कोइरालाले आफूलाई HIV  ले छोएको बीस बर्ष भइसक्दा पनि गाँजाको प्रयोगकै कारण रोगसँग लड्न सकेको बताए ।

उनी भन्छन् :- "गाँजाले शरीरको रोगसँग लड्ने क्षमतालाई बृध्दि गर्छ। त्यति मात्र होइन गाँजाको रेसा , कपासको साथै तेलसमेत उपयोग हुन्छ ।"

कोइरालाले अदालतले समेत औषधि प्रयोजनको लागि गाँजा प्रयोग गर्न आदेश दिएको दाबी गरेका छन् । "हाम्रो देशभर ५ लाखको टिम छ। अब हरेक क्षेत्रमा गाँजा वैधानिक रुपमा प्रयोग गर्न पहलकदमी लिइरहनेछौं । गाँजा  औषधि हो। जय देश,जय चरेश ।"

टिप्पणीहरू