मधेशी समुदायमाथि जथाभावी शब्द प्रयोग गर्नेलाई कारबाही हुने

मधेशी समुदायमाथि जथाभावी शब्द प्रयोग गर्नेलाई कारबाही हुने

मधेशी समुदायमाथि अपशब्द प्रयोग गर्नेलाई मधेशी आयोगले कारबाही गर्ने भएको छ । मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोगलाई आयोगले सचेत गराएको छ । 

विभिन्न व्यक्तिले ‘काले,धोती, भैया, मदिसे’ लगायतका अपमानजनक शब्द प्रयोग गरी सामाजिक सद्भाव खलल पार्ने काम गरेको आयोगको ठहर छ । 

यस्ता गैरकानुनी कार्यहरुले राष्ट्रिय एकतामा खलल पार्न सक्ने उल्लेख गर्दै आयोगले प्राप्त उजुरीहरु तुरुन्त सम्बन्धित निकायलाई पत्राचार गरी छानबिन तथा कडा कारबाहीका लागि सिफारिस गरेको जानकारी गराएको छ । 

विभिन्न व्यक्तिले ‘काले,धोती, भैया, मदिसे’ लगायतका अपमानजनक शब्द प्रयोग गरी सामाजिक सद्भाव खलल पार्ने काम गरेको आयोगको ठहर छ ।

साथै, दोषीलाई कानुनको दायरामा ल्याउने र स्थलगत भ्रमणमा जाने कामहरु पनि भइरहेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

आयोगले भनेको छ,‘कुनै पनि जात, धर्म,संस्कृतिमाथि प्रहार गर्नु अमानवीय,गैरसंवैधानिक र गैरकानुनी कार्य हो र यस्ता कार्यहरु नगर्न–नगराउनहुन आयोग सबैलाई सचेत गराउँदछ ।’

मधेशी समुदायको अधिकार उल्लङ्घन गर्ने–गराउने र सो समुदायमा प्रहार गर्ने व्यक्ति वा संस्थाविरुध्द उजुरी दिन सुसूचित गरिएको छ ।


 

टिप्पणीहरू