सुकुम्वासी समस्याप्रति प्रचण्डको ध्यानाकर्षण

सुकुम्वासी समस्याप्रति प्रचण्डको ध्यानाकर्षण

सुकुम्वासी समस्याप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराइएको छ ।  काठमाडौँ महानगरपालिकाले सुकुम्वासी हटाउन थालेपछि राष्ट्रिय भूमि आयोगलगायत विभिन्न  संस्थाले अध्यक्ष प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका छन् । 

उपाध्यक्ष नहेन्द्र खड्काको नेतृत्वमा माओवादी निकट अखिल नेपाल सुकुम्वासी संघ,नेपाली कांग्रेसनिकट सुकुम्वासी संघ,नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी बैध्य निकट सुकुम्वासी संघका प्रतिनिधिले अध्यक्ष दाहाललाई खुमलटारमा भेटेका हुन् । 

अध्यक्ष दाहालले सुकुम्वासी समस्या समाधानका लागि गृहमन्त्रीलगायतका अन्य सरोकारवालासंग छलफल गरेर समाधान निकाल्ने बताएका छन् । महानगरले थापाथलीस्थित बागमती किनारमा बसेका सुकुम्वासी हटाउन थालेपछि भूमि आयोगले अहिले तत्काल नहटाउन माग गरेको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले बताए । 

महानगरले गत सोमवार थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएको थियो ।  बस्ती हटाउन एक्स्काभेटरसहित महानगर र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको टोली पुग्दा तनावग्रस्त अवस्था सिर्जना भएको थियो । 

त्यस्तै,सुकुम्वासीहरुले बस्ती हटाउन आएका टोलीमाथि ढुंगामुढा गर्दा प्रहरीसहित केही व्यक्ति पनि घाइते भएका थिए । यसरी सुकुम्बासीहरु एकाएक मारमुङ्ग्रीमा उत्रिएपछि महानगर पछि हटेको थियो । 

,उक्त घटना अहिलेसम्म पनि सेलाएको छैन । महानगर सुकुम्वासी हटाउने  निर्णयमा अडिग छ भने सुकुम्वासीहरु त्यहाँबाट जान मानिरहेका छैनन् ।

टिप्पणीहरू