भोलि सत्ता गठबन्धनको बैठक,माओवादीले दायाँबायाँ नगर्ने

भोलि सत्ता गठबन्धनको बैठक,माओवादीले दायाँबायाँ नगर्ने

गत मंसिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा र आगामी सरकार निर्माणबारे छलफल गर्न भोलि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । तत्काल गठबन्धनको विकल्पसहित सरकार निर्माणको विषयमा छलफल नभएको हुनाले भोलिको बैठकमा नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकार बन्नुपर्ने प्रस्ताव राख्ने भएको छ । 

माओवादी केन्द्रीय कार्यालय कोटेश्वरको पेरिसडाँडामा आज बसेको बैठकले दलहरुको सहमति भएमा माओवादीले सरकार बनाउन प्रस्ताव राख्ने निर्णय गरेको हो । परिवर्तनको एक पाटो माओवादी रहेकाले सरकारको नेतृत्व गर्न सक्ने बैठकको निष्कर्ष छ । 

त्यस्तै,माओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा गरेको छ । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ,पूर्व गृहमन्त्री एवम् उपमहासचिव शक्ति बस्नेत,ऊर्जामन्त्री पम्फा भुसाल,शिक्षामन्त्री देवेन्द्र पौडेलको उपस्थिति थियो । 

त्यसैगरी,सचिव लीलामणि पोखरेल, दिनानाथ शर्मा,हितमान शाक्यलगायत झण्डै दुई दर्जनले बैठकमा सहभागिता जनाएका थिए ।

टिप्पणीहरू