घर गएका सचिवसङ्ग मन्त्री अझै आगो

घर गएका सचिवसङ्ग मन्त्री अझै आगो

गत मंसिर १२ गते घर फर्किएका वन सचिव पेमनारायण कँडेलसँग महिला,बालबालिका मन्त्री उमा रेग्मी आगो भएकी छन् । सचिव अवकाश पाएर घर फर्किसके पनि मन्त्रीको आक्रोशको राँको अझै सकिएको छैन । प्रसङ्ग इजिप्टमा सम्पन्न  कोप २७ सम्मेलनको हो । सर्म अल सेखमा गत  कात्तिक २० देखि मंसिर २ गतेसम्म कोप सम्मेलन भएको थियो ।

निर्वाचनका कारण प्रधानमन्त्री शेरबहादुर देउवा इजिप्ट गएनन् । र,सरकारको प्रतिनिधित्व गर्दै उमा रेग्मीलाई पठाए ।  मन्त्री रेग्मीले जनआस्थासँग भन्नुभयो- सचिव कँडेल आफ्नै नेतृत्वमा ७५ जनाको टोली बोकेर त्यता जान चाहेका रहेछन् । 

कोपमा जान नदिन टिकटसमेत नकाटेको र वन मन्त्रालयले समयमा पैसा समेत नदिएका कारण टिकट आफैंले काटेर उक्त कार्यक्रममा सहभागी हुनु परेको मन्त्रीको पीडा थियो । वन तथा वातावरणमन्त्रीको समेत जिम्मा सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहनाअनुसार आफ्नै खर्चमा टिकट काटेर सर्म अल शेख इजिप्ट पुगेको मन्त्री रेग्मीले जनआस्थालाई बताउनुभयो ।
 
मन्त्री रेग्मीका अनुसार,कोप २७ को उच्चस्तरीय सत्रमा राष्ट्र प्रमुख र कार्यकारीले सम्बोधन गर्ने कार्यक्रममात्र भएको कारण त्यहाँको  मूल समारोहमा मन्त्रीले बोल्न  पाउनुभएम । त्यही कार्यक्रममा नेपालको झण्डालाई उल्टो पारेर राख्दासमेत सचिव र मन्त्रालयका सहसचिव तथा कार्यक्रममा सहभागीहरु निरिह बनेका थिए ।  

सचिवसहितको टोली इजिप्टबाट फर्किए लगत्तै गत मंसिर १२ गते राजधानीको बसेरा होटलमा आयोजित समीक्षा गोष्ठीमा कोप २७ मा  सचिव कँडेल,सहसचिवको विज्ञका रूपमा भूमिका उल्लेख गरिएको तर मन्त्रीको नाम समेत कतै उल्लेख नगरी रिपोर्ट सार्वजनिक भएपछि मन्त्री वन सचिव कँडेलसँग आगो हुनुभएको हो ।

उक्त रिपोर्टमा सचिवको नेतृत्वमा गएको भनेर झुटो रिपोर्ट बनाइए पछि मन्त्रीको सक्रियतामा राससका भिष्म ओझालाई अगाडि सारेर जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २७ को अवसरमा इजिप्ट सम्मेलनमा सहभागिता,सम्प्रेषित समाचार,तस्वीर र अनुभव नामक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

एउटा व्युरोक्रेटले कुन हदसम्म बदमासी गर्न सक्छ भन्ने यो त एउटा सानो उदाहरण मात्र हो भनिन्छ ।

 

टिप्पणीहरू