अनलाइन चलाउनेहरुलाई अप्डेट गर्न मौका प्रदान

अनलाइन चलाउनेहरुलाई अप्डेट गर्न मौका प्रदान

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमहरुलाई पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गर्न निर्देशन दिएको छ । काउन्सिलमा सूचिकृत सम्पूर्ण अनलाइन सञ्चारमाध्यमहरुलाई अद्यावधिक गर्न आउन भनिएको हो । 

तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चारमाध्यमलाई सूचीकरणबाट अलग राखिने काउन्सिलले चेतावनी दिएको छ । 

अनलाइन सञ्चारमाध्यम सूचीकरण मापदण्ड–२०७८ को बुँदा नम्बर १० मा ‘अनलाइन सञ्चारमाध्यमले हरेक वर्ष,आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने प्रावधान छ । 

काउन्सिलमा सूचिकरण हुने अनलाइन सञ्चारमाध्यमको संख्या तीन हजार ७०३ रहेको छ । तीमध्ये कतिपयको डोमेनको म्याद नाघिसकेको,नबुझिने भाषामा समाचार पोष्ट भएको,साइट अपडेट नै नभएको अवस्थामा रहेको अवस्था छ ।"

अद्यावधिकका लागि सञ्चालक कम्पनीको लेटरप्याडमा सूचीकरण अद्यावधिक गरिदिनेसम्बन्धी निवेदन, सूचना तथा प्रसारण विभाग–सञ्चार रजिष्ट्रार कार्यालयमा अद्यावधिक गरेको प्रमाणपत्रको प्रतिलिपी, सञ्चालकको दुई वटा पासपोर्ट साइजको फोटोलगायतका कागजातहरु पेश गर्नुपर्नेछ । 

त्यस्तै,सम्पादकको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र, यसअघि सूचिकरण प्रमाणपत्र नलिएको हकमा नयाँ सूचिकरण फारामअनुसार विवरण अद्यावधिक गरी नपुग भएका कागजात, सूचिकरणमा प्रमाणपत्र लिइसकेका अनलाइन सञ्चारमाध्यमले निवेदनका साथ सूचिकरणको सक्कल प्रमाणपत्र बुझाउनुपर्नेछ । 

काउन्सिलमा सूचिकरण हुने अनलाइन सञ्चारमाध्यमको संख्या तीन हजार ७०३ रहेको छ । तीमध्ये कतिपय अनलाइनहरुको डोमेनको म्याद नाघिसकेको,नबुझिने भाषामा समाचार पोष्ट भएको, साइट अपडेट नै नभएको अवस्थामा रहेको काउन्सिलले बताएको छ ।

टिप्पणीहरू